प्राग, चेक गणतन्त्र -
नेकपा एमालेसम्बद्ध प्रवासी नेपाली मञ्च (ONF) चेकको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले प्रल्हाद थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
ONF ICC सदस्य तथा चेकका लागि इन्चार्ज हेमराज जोशीको प्रमुख आतिथ्यता तथा ONF युरोप कमिटीका अध्यक्ष सालिक थापलियाको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा ONF सचिवालय सदस्य ईश्वर देवकोटा, गैरआवासीय नेपाली संघ (NRNA) ICC महासचिव डा. चिरञ्जीवी खड्का, NRNA चेकका महासचिव बिनोद रिमाल तथा कोषाध्यक्ष राज धिताललगायतको उपस्थिति थियो।
अधिवेशनबाट थापाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा रमा धिमाल, सचिवमा प्रदीप खड्का, सहसचिवमा मनिता धिमाल र लक्ष्मी अर्याल चयन भएका छन्।
त्यस्तै संगठन तथा आर्थिक विभाग प्रमुखमा केशव राज आचार्य चयन भएका छन्। सदस्यहरूमा बिन्निता आचार्य, कमला थापा, अम्बिका पाण्डे र विशाल श्रेष्ठ रहेका छन्।
अधिवेशनले दुर्गा अर्याल, लालबहादुर पन्थ, यदुराम पन्थी, उत्तम कुमार आचार्य, छत्रबहादुर अधिकारी, अर्जुन साककोटा र शिवलाल खराललाई सल्लाहकारमा चयन गरेको छ।
नेपाली समुदायसँग सहकार्यलाई प्राथमिकता
अधिवेशनमा सहभागी अतिथिहरूले चेकमा ONF ले सञ्चालन गर्दै आएका संगठनात्मक गतिविधि तथा नेपाली समुदायसँग गर्दै आएको सहकार्यबारे धारणा राखेका थिए। उनीहरूले प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा साथ दिँदै समुदायसँग जोडिने गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। चेकमा रहेका नेपाली समुदाय र नेपालबीचको सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्धलाई थप मजबुत बनाउन प्रवासी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।
पाँचौँ अधिवेशनबाट नयाँ जिम्मेवारी प्राप्त गरेका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूले संगठनलाई थप सक्रिय बनाउँदै चेकमा रहेका नेपाली समुदायसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।