अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९४ दिन अगाडि
अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं - अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ । राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो।  त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ परेका राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको पनि उनले बताए ।