काेसीकिनारमा कुटपिट गर्ने तीन युवती पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०५ दिन अगाडि
काेसीकिनारमा कुटपिट गर्ने तीन युवती पक्राउ

काठमाडाै‌ -सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्। 

कोसीकिनार तीनजना महिलामाथि निर्घात कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा राखिएपछि प्रहरीले घटनामा संलग्न तीन युवतीलाई पक्राउ गरेकाे हाे। असार २९ गते साँझ कोसीकिनरारमा कुटपिट गरेको भिडियो बाहिरिएको थियो। तीन युवतीलाई पाँचजनाको समूहले पालैपालो निर्घात कुटपिट गरेकाे भिडियाे बाहिरिएकाे थियाे। उक्त कुटपिटमा संलग्न पाँचमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा तीनजनामध्ये सुनसरी बराहक्षेत्र– १० प्रकाशपुरकी १९ वर्षीया प्रिती लिम्बू सोही दिन पक्राउ परेकी थिइन् भने बाँकी दुईजनालाई मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टाेलीले पक्राउ गरेको हो। मंगलबार पक्राउ पर्नेमा बराहक्षेत्र– ८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई र सोही टोलकी २२ वर्षीया विनिता उराउ रहेको इप्रका महेन्द्रनगरले जनाएको छ। फरार थप दुईजनाको खाेजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।