काठमाडाै - कञ्चनपुरमा दुई व्यक्तिकाे शव भेटिएकाे छ ।
प्रहरीका अनुसार शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको हाे। ४ वर्षीया बालिका शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामी की चार वर्षीया छोरी अनु धामी रहेकी छन् । प्रहरीका अनुसार, उनी बिहीबार साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको थियो। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।
साथै, कृष्णपुर नगरपालिका–२ बाणीमा रहेको बन्दा नदीको बगरमा एक ३५ वर्षीय व्यक्तिको शव भेटिएको छ, तर उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय झलारीले घटनाको जाँच गरिरहेको छ ।