काठमाडाै - फूटबलका राष्ट्रिय खेलाडी भरत शाह नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रितेश थापाको कुटाइबाट गम्भीर घाइते भएका छन् ।
शाह, जो नेपाल प्रहरी का कर्मचारी हुन्, उनको मरणासन्न हुने गरी कुटपिट हुँदा पनि प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन। खेलाडी शाह नेपाल प्रहरीकै सहायक हवल्दार पदमा कार्यरत हुन्। हाल बिएन्डबी अस्पतालमा उपचाररत उनका दाइ मनोज शाहले मालीगाउँ प्रहरी वृत्तमा कुटपिटमा संलग्न व्यक्तिविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । रितेश सहित वरिष्ठ प्रहरी सइ अनन्तराज थापाविरुद्ध समेत जाहेरी दिएका छन् । अनन्त और रितेश पनि राष्ट्रिय टीमका पूर्वखेलाडी हुन्।
रितेशले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरमा १८ टाँका लगाएका भरत अहिलेसम्म अस्पतालमै छन् । उनको हातको समेत अप्रेसन गरिएको छ । उनका दाइ मनोजका अनुसार त्यहीँ रहेका अनन्तराज थापाले समेत आक्रमणका लागि उक्साएकाले उनीविरुद्ध समेत जाहेरी दिइएको हो । हत्या नै गर्ने उद्देश्यले आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग मुद्दामा मनोजले जाहेरी दिए पनि दर्ता भएको छैन ।