सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीलाइ जिम्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०६ दिन अगाडि
सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीलाइ जिम्मा

काठमाडाै‌ -  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाइ सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानकाे जिम्मा लगाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बीच बसेको बैठकपछि थप अनुसन्धा सीआईबीमार्फत गर्न निर्देश दिएका थिए । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो। यसमा चीनी, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।