सर्बिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७० दिन अगाडि
सर्बिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

काठमाडाै‌ -वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३  बस्ने ४० वर्षीय राजकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बलराम थापामगरसहित तीन जनालाई सर्बिया पठाउने भन्दै ठगी गरेका थिए । लामिछानेलाई प्रहरीले काठमाडौं महानगर–३१, मीनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाइएको छ ।