अस्ताए मिखाइल गोर्बाचेभ : स्वदेशभित्र खलनायक, पश्चिमका लागि नायक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३६ दिन अगाडि
अस्ताए मिखाइल गोर्बाचेभ : स्वदेशभित्र खलनायक, पश्चिमका लागि नायक

पूर्वसोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मंगलबार मस्कोस्थित एक अस्पतालमा निधन भएको छ ।

पूर्वसोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मंगलबार मस्कोस्थित एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गोर्बाचेभको उपचारका क्रममा निधन भएको हो । उनले सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको नेतृत्व गरेका थिए । गोर्बाचेभ उनै व्यक्ति थिए, जसको नेतृत्वमा सोभियत संघ टुक्रा–टुक्रामा विभाजित भएको थियो । 

कैयौँपटक विश्वलाई आणविक युद्धको डिलमा पुर्‍याएको शीतयुद्धलाई शान्तिपूर्ण अन्त्य गर्न सफल तर सोभियत संघको पतन रोक्न असफल गोर्बाचेभ सोभियत संघका अन्तिम राष्ट्रपति रहे । अमेरिकासँगको हतियार कटौती सम्झौता र विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न विशेषगरी जर्मनीको एकीकरणमा उनको योगदान स्मरणीय रह्यो ।

‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ अर्थात् खुलापन र पारदर्शिताका प्रवर्तक गोर्बाचेभले देशको आन्तरिक सुधारमा चालेका कदमहरू नै विशाल सोभियत सघंको विखण्डनको कारण बन्न पुग्यो । सात वर्षभन्दा कम समय मात्रै सत्तामा रहे पनि राष्ट्रपति गोर्बाचेभले परिवर्तनको रोमाञ्चक शृंखला चलाएका थिए । सोभियत संघमा भएका प्रमुख राजनीतिक तथा आर्थिक सुधार र शीतयुद्धको शान्तिपूर्ण अन्त्यको मुख्य श्रेय उनलाई जान्छ ।