चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८६ दिन अगाडि
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ

एजेन्सी- चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन सी जिनपिङ चयन भएका छन्  ।

२०औं महाधिवेशनबाट सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । 

सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । 

यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।