एजेन्सी - २० वर्षभन्दा बढी समय जेलको सजाय काटेपछि अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई रिहा गरेको छ ।
अमेरिकाको पकडमा आउने शीत युद्धकी सबैभन्दा उत्कृष्ट जासूसको रूपमा एनालाई चिनिन्छ । क्युवाका लागि ६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकसम्म जासुसी गरेकी छिन् । उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा काम गरिन् ।
सन् २००१ मा उनको गिरफ्तारी पछि, अधिकारीहरूले एनाले अमेरिकाको सम्पूर्ण खुफिया कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरिसकेकी थिइन् भन्ने जानकारी दिएको थियो ।
एक अधिकारीले भने, ‘उनी सबैभन्दा बढी क्षती पुर्याउने जासुसमध्ये एक थिइन् ।’
सन् २०१२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले संसदमा एनाबारे कुरा उठाएकी थिइन् । एनाको गिरफ्तारी पछि, उनीमाथि चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो । उनलाई २५ वर्षको जेल सजाय सुनाए संगै न्यायाधीशले उनीमाथि पूरै देशलाई खतरामा पारेको आरोप लगाएका थिए ।