इन्जुरी टाइममा गोल बेहोर्दा पीएसजी बराबरीमा रोकियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६७ दिन अगाडि
इन्जुरी टाइममा गोल बेहोर्दा पीएसजी बराबरीमा रोकियो

काठमाडौं - फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेइम्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पहिले अग्रता लिए पनि इन्जुरी टाइममा गोल बेहोर्दा पीएसजीले अंक बाँड्नुपरेको छ । घरेलु मैदानमा भएको खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा फोलारिन बालोगुनले गोल गर्दै रेइम्सको हार टारे ।

पीएसजीका मार्को भेराट्रटीले ५९ औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि शीर्ष स्थानको पीएसजीको २० खेलबाट ४८ अंक छ । पीएसजी दोस्रो स्थानको लेन्सभन्दा अझै ३ अंकले अघि छ। रेइम्स २६ अंकसहित ११ औं स्थानमा छ।