काठमाडाैं- चलचित्र ‘डिग्री माइला’ले प्रचार प्रसारको नयाँ तरिका अपनाएको छ । चैत ३० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रले पात्र ‘डिग्री माइला’ बनेर मोबाइल जित्ने अवसर अघि सारेको छ ।
चलचित्र निर्माण टिमले गफाडी प्रतियोगिता घोषणा गर्दै शीर्ष पात्र ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई ‘अनर ब्राण्ड’का मोबाइल पुरस्कार दिने घोषणा गरेको हो।
घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला’ पात्र बनेर आफ्नै गफ दिदैं भिडिओ बनाउनुपर्नेछ। सो भिडिओ बढिमा ३ मिनेट सम्मको हुनुपर्नेछ । यस्तै कम्पनीको बासुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा ‘डिग्री माइला’ चलचित्रको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ । सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्यागको समे प्रयोग गर्नुपर्नेछ। #DailogueCompetition #DegreeMaila #Chaitra30
यसरी बनाइएको भिडिओलाई चलचित्र निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै degreemaila.movie@gmail.com मा इमेल पनि गर्नुपर्नेछ। प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडिओ उल्लेखित सर्तहरु पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ।
प्रतियोगिताका विजेताले अनर मोबाइलको ‘एक्स नाइन बि फाइभजी’ पुरस्कारस्वरुप पाउनेछन् भने दोश्रो र तस्रो हुनेले क्रमशः ‘एक्स एट बि’ तथा ‘एक्स सेभेन बि’ मोडलको मोबाइल प्राप्त गर्नेछन्। यसका अलावा सान्तवना पुरस्कारस्वरुप यो चलचित्रको ५० वटा टिकट प्रदान गरिनेछ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।
याे पनि पढ्नुहाेस