सय वर्ष पुग्नै लाग्दा पाँचौँ विवाह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९६ दिन अगाडि
सय वर्ष पुग्नै लाग्दा पाँचौँ विवाह

काठमाडौँ - शताब्दी टेक्नै लागेका एक जना सञ्चार व्यवसायीले हालै पाँचौँ विवाह गरेका छन् ।

दक्षिणपन्थी मानिने ब्रिटिस ट्याब्लोइड पत्रिका द सनका सञ्चालक मुगल रुपर्ट मर्डोकले शनिवार पाँचौँ पटक विवाह गरेका हुन् ।मर्डोकको स्वामित्वमा रहेको ‘द सन’ले क्यालिफोर्नियाको बेल–एयरमा उनकी ६७ वर्षीय श्रीमती, सेवा निवृत्त आणविक जीव वैज्ञानिक एलेना झुकोवासँगै विवाह गरेका हुन् । मर्डोक ९३ वर्ष पुगे । उनी अस्ट्रेलियाली अरबपतिको सूचिमा सूचिकृत व्यक्ति हुन् ।झुको वा रुसी अमेरिकी कला कलेक्टर दशा झुकिवाकी आमा हुन्, जो रुसी कुलीन रोमन अब्रामोविचकी पूर्व पत्नी हुन् ।

मर्डोक दशकौँसम्म फक्स कर्पोरेसन र न्युज कर्पको नेतृत्वमा बसे । दुई मिडिया कम्पनीहरू जसमा वाल स्ट्रीट जर्नल, न्यूयोर्क पोस्ट र फक्स न्युज पनि उनकै स्वामित्वमा रहेको सिएनएन समाचारमा उल्लेख छ ।ब्लूमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार ९.७७ बिलियन डलरको नेटवर्थ भएका मर्डोकले नोभेम्बर २०२३ मा आफ्नो छोरा लाचलानलाई व्यवसायको जिम्मेवारी सुम्पेर दुवै संस्थाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरे । त्यस समयमा मर्डोकले न्युज कर्पमा आफ्नो सक्रिय भूमिका जारी राख्नेछन् र अझै पनि दुई कम्पनीको अध्यक्ष एमेरिटसको क्षमतामा सेवा गर्ने बताएका थिए  ।

उनले गत वर्षको गर्मी यामदेखि झुकोवासँग भेटघाट गर्न थालेका थिए । यो जोडीले मार्चमा आफ्नो इन्गेजमेन्टको घोषणा गरेको थियो ।मर्डोकले हालै पूर्व सुपर मोडल जेरी हलसँग विवाह गरेका थिए । तर दम्पतीले २०२२ मा सम्बन्ध विच्छेद गरे ।मार्च २०२३ मा मर्डोकले एन लेस्ले स्मित नाम गरेकी नारीसँग सम्बन्ध राख्ने प्रस्ताव गरे पनि दुई हप्ता नबित्दै त्यो रद्द गरियो ।