अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज : कप्तान पौडेल 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५९ दिन अगाडि
अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज : कप्तान पौडेल 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् । 

नवौँ संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन् । 

उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो । हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो । हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन् । हामीलाई नाइट गेमको बानी पनि थिएन । टी–२० खेलहरू राति मात्र हुन्छन् । हामीले त्यसरी खेलेका थिएनौँ । नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ ।’

दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको उनले स्वीकारेका छन् । त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंगीत गरि गाली नगरीदिन क्रिकेट समर्थकहरूलाई आग्रह गरे । आफ्नो यात्रा समूह चरणमै टुङ्ग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो । दुई समूहमध्ये पहिलो समूह आज बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो ।