प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उद्घाटन गरेका छन् । 

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उनले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए । 

उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।