प्रेमिल भावमा सजिएको नयाँ गीत ‘तिम्रो प्यारमा’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६ दिन अगाडि
प्रेमिल भावमा सजिएको नयाँ गीत ‘तिम्रो प्यारमा’ सार्वजनिक

काठमाडौं – नेपाली आधुनिक संगीतमा प्रेमको मिठास बोकेको नयाँ गीत ‘तिम्रो प्यारमा’ सार्वजनिक गरिएको छ। सुमधुर स्वरका धनी गायक डि.आइ.जे. राज पौडेलको आवाजमा सजिएको यो गीतमा शब्द भुवन रोका ‘मित्रजी’ले लेखेका हुन् भने संगीत संयोजन (एरेन्ज) राम कार्कीले गरेका छन्।

भिडियोमा भुवन रोका ‘मित्रजी’ र अमृता रोकाको प्रमुख अभिनय रहेको छ। उनीहरू सँगै अनिश मगर र सृष्टी सुब्बाले पनि अभिनय गरेका छन्। चारै कलाकारको प्रेम र रोमान्सलाई निर्देशकले आकर्षक ढङ्गले चित्रण गरेका छन्, जसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गीतकार भुवन रोका ‘मित्रजी’ले यस भिडियोमा कलाकारको रूपमा पनि सहभागिता जनाएका छन् भने अमृता रोकाको अभिनयले भिडियोमा थप मिठास भरेको देखिन्छ। भिडियोका लागि सृष्टी थापा मगरले मेकअप गरेकी छन्।

छायाङ्कन (सिनेमाटोग्राफी) दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन (कलरिङ) डिनसन शाहले गरेका छन्। भिडियोको पोस्ट-प्रोडक्सन कार्य I Catch Studio द्वारा सम्पन्न गरिएको हो। गीत निर्माण टिमले अर्थसरोकार डट कमका सुरज प्याकुरेल, सम्राट अधिकारी र राज कार्कीलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। ‘तिम्रो प्यारमा’ गीतले नेपाली संगीत बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।