एकैदिन २ जनाको मृत्‍यु, २३० जना संक्रमित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३३ दिन अगाडि
एकैदिन २ जनाको मृत्‍यु, २३० जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ भने थप २३० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३८० जना होम आइसोलेसनमा रहेका छन् भने १२५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ५२६ पुगेको छ ।