काठमाडाै। चर्चित लोकगायक खुमन अधिकारीलाई पितृशोक परेको छ ।
उनका बुबा मुक्तिराम अधिकारीको गएराति निधन भएको हो । खुमन स्वयंले फेसबुकमार्फत बुबाको निधन भएको जानकारी दिएका छन् । केही महिनायता उनी आफ्नो सांगीतिक कार्यक्रमहरू समेत छाडेर बिरामी बुबाको उपचारमा खटिएका थिए ।