एसईईको नतिजा पुनर्योगपछि ५९ जनाले ल्याए ४ जीपीए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५४ दिन अगाडि
एसईईको नतिजा पुनर्योगपछि ५९ जनाले ल्याए ४ जीपीए

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।त्यस्तै कतिपय एनजी आएका विद्यार्थीको नतिजा भने १.६ देखि ३.६ जीपीएसम्म समेत आएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अंक इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।

गत असार १३ गते सार्वजनिक गरिएको नतिजामा १८६ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।

२०८० सालको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये मध्ये दुई लाख ४२ हजार ९२ विद्यार्थी पास भएका थिए भने दुई लाख २२ हजार ६९३ विद्यार्थीको एनजी आएको थियो ।