ए कुमान्छे! एक पटक सबै मिलेर सती प्रथा फर्काउने कि ?

  • प्रकाशचन्द्र परियार
    -प्रकाशचन्द्र परियार
  • ९७ दिन अगाडि
ए कुमान्छे! एक पटक सबै मिलेर सती प्रथा फर्काउने कि ?

काठमाडौँ - धर्मको धाप, आडम्बरी आड, संस्कारको सङ्कीर्ण साथ ,आस्थाको आततायी आधारमा गिदीमा लिदीको लेप लगाएर विभेद,हिंसा र अमानवीयतामा नुन चुक थप्नमा बहादुरी देखाउनेहरूको यो समाजमा अझै बोलवाला, हालीमुहाली र रजगज छ। ढोँग,अन्धता र पाखण्डको अचाक्ली अभ्यासमा रमाउँदै आएका, शासकीय सनकमा, कानुनी कु-नियतमा सबै ठिकठाक देखिरहेका निकृष्ट सोचका जातीय अहङ्कारवादी एक तप्काले वर्षौदेखि चौतर्फी दलित,उत्पीडित, समुदायको पक्षमा बोल्न, हिंसा विरुद्ध अघि सर्न, सुधारको आवाज उठाउन किन चाहन्थ्यो।

न उ चाहन्छ, न उसलाई सिकाइएको छ, न सम्झाइएकै छ, न बुझाइएकै छ, मात्र तर्कन सिकाइएको छ, उल्टै चर्कन सम्झाइएको छ। त्यसैले पनि मानवता विरुद्धको अहङ्कारी एउटा पुस्ता त्यसको उत्तराधिकारी तप्का आफ्नो निकृष्टतामा गौरव गर्छ।

मानवीय मूल्यको पक्षमा अघि सर्न सानोतिनो रेक्टरकै भए पनि भुईँचालो जानै पर्छ, सुनामी आउनै पर्छ कि मानवता र मानवीय मूल्यको सानो भुईँचालोले उसको सोच विचार र बुझाइमा परिवर्तन आओस्।

विडम्बना! आफ्नै आमा, दिदी बहिनीको उत्पीडनमा,विभेदमा,हिंसामा समेत टाङ फर्काउनेहरूबाट समेत पुनकीको आशा राख्ने दलित/उत्पीडितहरूमा विद्रोहको चेत नआउँदा सम्म उसले भन्ने नै त्यही हो कि मेरो विश्वकर्मा साथी छ मैले सँगै चिया खाएको छु, मेरो परियार दोस्त छ ऊसँगै नास्ता गरेको छु, मेरो मिजार साथी थियो क्या सफा सुग्घर थियो। रुकुम नरसंहारले नपोल्ने, अंगीरा पासी हत्याकाण्डले नछुने, मना सार्की हिंसा प्रकरणले नदुख्ने, टिचिङ अस्पतालको मुर्दा घरमा कुरिरहेको अजित मिजारको आत्माको आर्तनादले न बिझ्ने मेरो एउटा पुस्तालाई 'सन्दिप-पल' प्रकरणले बिछट्टै रुवावासी बनाउँछ, मर्माहत बनाउँछ र बिरक्तिएर चिच्याउँछ सती प्रथा ठिक थियो, बेलायती शासक मुर्दावाद! चन्द्र शमशेर मुर्दावाद! हाम्रो अधिकार फिर्ता गर! समाज भाँड्न पाइँदैन! च च्याहट र कोकोहोलोले उत्साहित बाँकी दाउ हेरेर बसिरहेको चिसो पुस्ता सलबलाउँछ र भन्छ हो हो,१९१० कै मुलुकी ऐन ठिक थियो, जङ्गे कानुन बहाली गर !

हाम्रो अधिकार फिर्ता गर! ठुलो स्वरले भन्छ अराजकता बढ्यो, समाज बिग्रियो, उत्पीडितहरूलाई दबाउन पाइएन, यस्तो समाज, यस्तो कानुन चाहिँदैन। यहाँ मानिस बन्न बडो गाह्रो छ, मान्छेको प्रमाणपत्रधारीहरूलाई। कहिले काहीँ दिवस आउँछ र सम्झाउन मन लाग्छ, यही जुनी मान्छे बन्ने सुअवसरलाई तिमीले किन दुत्कारी रहेका बाँकी दाउ हेरेर बसिरहेको चिसो पुस्ता सलबलाउँछ र भन्छ हो हो,१९१० कै मुलुकी ऐन ठिक थियो, जङ्गे कानुन बहाली गर ! हाम्रो अधिकार फिर्ता गर! ठुलो स्वरले भन्छ अराजकता बढ्यो, समाज बिग्रियो, उत्पीडितहरूलाई दबाउन पाइएन, यस्तो समाज, यस्तो कानुन चाहिँदैन। यहाँ मानिस बन्न बडो गाह्रो छ, मान्छेको प्रमाणपत्रधारीहरूलाई। कहिले काहीँ दिवस आउँछ र सम्झाउन मन लाग्छ, यही जुनी मान्छे बन्ने सुअवसरलाई तिमीले किन दुत्कारी रहेका छौँ? 'ए कुमान्छे'! कहिले सम्म तिमीले बनाएको 'अमान्छे'लाई म पनि मान्छे नै हुँ भनेर प्रमाण पेस गरिरहन लगाउँछौँ। लोै भैगो त तिम्रा पुर्खाहरूले नबुझेर गरे,बाध्य भएर गरे, रङ्क,प्रजा रैती भएर विभेद र हिंसा गरे। तिमी पढेर, बुझेर, भोगेर ,संसार देखेर, विज्ञान प्रविधिको भरपुर उपयोग गरेर पनि अझै किन जातीय हिंसा गरिरहेका छौँ ।

 कहिलेकाँही दिवसकै सन्दर्भमा भए पनि थोरै घोत्लिएर मान्छे हुनुको महान् आत्मालाई व्यवहारिक पूजन, नमन गछौँ कि ?